अनुसूची
(नियम ३ को उपनियम (१) सँग सम्बन्धित)

कानूनी सहायता माग गर्नको लागि दिइने दरखास्त फारामको नमूना

श्री ……………………….. कानूनी सहायता समिति, …………………..

विषयः कानूनी सहायता उपलब्ध गराइदिने बारे ।

मलाई कानूनी सहायताको आवश्यक परेको हुनाले देहाय बमोजिमको विवरणहरू खुलाइ कानूनी सहायता पाउनका लागि अनुरोध गर्दछु ।
(१) कानूनी सहायता उपलब्ध गराइनु पर्ने विषय वस्तुको संक्षिप्त विवरणः
(२) परिवारिक स्थितिको विवरणः
(३) आर्थिक स्थितिको विवरणः

मेरो मुख्य पेशा व्यवसाय ……………… हो । सो बाहेक मैले नोकरी/व्यापार/व्यवसाय गरेकोछु/गरेको छैन । अन्य नोकरी, व्यापार व्यवसाय गरेता पनि मेरो वार्षिक कुल आय रु चालीस हजार रुपैयाँ भन्दा बढी छैन ।

माथि उल्लिखित व्यहोरा प्रमाणित गर्न देहायबमोजिमका कागजातको सक्कल तथा नक्कल प्रतिहरू यसै साथ संलग्न गरेकोछु ।
१.
२.
३.

माथि उल्लिखित व्यहोरा ठीक साँचो छ । झुट्टा ठहरे कानूनबमोजिम सहुला बुझाउँला । दरखास्तवालाको–
सहीः
पूरा नाम थरः
ठेगानाः